प्राचीन कालदेखि नै नेपाल आर्थिक गतिशीलता भएकाे मलुकको रूपमा पहिचान बनाएको छ । कौटिल्यको अर्शाथस्त्रमा समेत नेपालका राडीपाखी तत्कालिन मगध राज्यसम्म निर्यात भएकाे र खानिकाे अन्वेषण उत्खनन् हुने गरेकाे उल्लेख छ। मल्लकालमा नेपाली कला र इन्जिनियरिङ उत्कृष्ट रहेकाले यस समयको शिक्षा प्रणाली व्यवहारिक र दक्ष जनशत्ति उत्पादनमा केन्द्रित रहेकाे अनुमान गर्न सकिन्छ। नेपाल एकिकरणकाे पस्चात जब वि.सं १९०३ मा काेतपर्व भयाे त्यसपछीकाे अस्थिरताले मुलुक पछाडी पर्न गयाे। वि. सं २००७ सालकाे प्रजातन्त्र, वि.सं. २०४६ पस्चातकाे खुला राजनितिक परिवेश, वि.सं. २०५२ काे माअाेवादी जनयुद्द र वि. सं.२०६२-६३ जनअान्दाेलन नेपाली राजनितिका प्रमुख घटनाक्रमहरू हुन् र यिनैले नेपालकाे विकासमा महत्वपुर्ण भुमिका खेलेकाे छ। विभिन्न समयक्रममा राष्ट्रिय गाैरबका अायाेजना बनाउँदै लाँदा हाल नेपालकाे राष्ट्रिय गाैरबका अायाेजना २१ वटा छन्। जसमा केही अायाेजनाहरूले उल्लेख्य प्रगती गरेका छन् भने केही लामाे समय भइसक्दा पनी काम अगाडी बड्न सकेका छैनन्। अझ काेराेना संक्रमणले विश्वलाइनै थला पारेकाे याे अवस्थामा परियाेजना सम्पन्न हुने मिति यसै पनी धकेलिने निस्चित छ।
भारतिय र चाइनिज कामदारकाे अभावले यि परियाेजनाहरूमा धेरै ठुलाे असर परिरहेकाे छ। राष्ट्रिय गाैरबका २१ अायाेजना यस प्रकार रहेका छन्।
- सिक्टा सिंचाइ आयोजना
- बबई सिंचाइ आयोजना
- रानीजमरा कुलरीया सिंचाइ आयोजना
- भेरी बबई डाइभर्सन आयोजना
- माथिल्लो तामाकोशी जलविद्युत आयोजना
- वुढीगण्डकी जलविद्युत आयोजना
- पश्चिम सेती जलविद्युत आयोजना
- भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल
- पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल
- दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बारा
- पशुपति क्षेत्र विकास कोष
- लुम्विनी क्षेत्र विकास कोष
- मध्य पहाडी (पुष्पलाल) लोकमार्ग
- पूर्व पश्चिम रेलमार्ग
- हुलाकी लोकमार्ग
- उत्तर दक्षिण (कोशी) लोकमार्ग
- उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
- उत्तर दक्षिण (कर्णाली) लोकमार्ग
- काठमाण्डौ तराई–मधेस दु्रतमार्ग
- मेलम्ची खानेपानी आयोजना
- राष्ट्रपति चुरे संरक्षण कार्यक्रम