अहिले इन्जिनियरिङ कन्सल्टेन्सीहरू नाङ्लाे पसल सरी जसले पनि खाेलिरहेका छन् र यसलाइ नियमन गर्ने कानुन अझै मन्त्रालयमा अड्किरहेकाे छ।

-केशब कुवँर, प्रबन्ध निर्देशक, सिल्ट कन्सल्ट्यान्ट

अर्घखाची, २०१० साल वैशाख १० गतेका दिन जन्मनुभएका केशव कुवँरज्यु पढाइमा सानै उमेरबाट अब्बल हुनुहुन्थ्याे। उहाँकै शब्दमा भन्नु पर्दा १० वर्षसम्म अर्घखाचीमै बाँदर धपाएर बस्नुभएकाे उहाँ चितवन बसाइ सरे पछी एकैपटक कक्षा ३ मा शारदा हाइ स्कुलमा भर्ना भएर क, ख, र ग सिक्नुभयाे। उहाँले कक्षा ३ बाट प्रथम हुँदै कक्षा ५ मा र कक्षा ५ मा प्रथम भएर कक्षा ७ मा जम्प गर्नुभएकाे थियाे। कहिल्यै दाेस्राे नहुने उहाँ जिन्दगीमा एस.एल.सि र अस्कलमा पुर्व प्रधानमन्त्री, समाजवादी पार्टीका प्रभावशाली नेता तथा माननिय डा. बाबुराम भट्टराइसँगै पढ्दा चाहीँ दाेस्राे हुनुभयाे। तत्कालिन साेभियत संघकाे अडिसामा मास्टर्स विथ अनर गर्नुभएर नेपाल फर्कनुभएका उहाँकाे निकै तिताे जागिरे अनुभव पस्चात सिल्ट कन्सल्ट्यान्ट दर्ता गरि अाफ्नै काम सुरू गर्नुभयाे। सामाजिक अभियन्ता, इन्जिनियरिङ पेशाकाे संरक्षणकर्ता एक सफल व्यत्तित्व केशव कुँवरज्यु सँगकाे छाेटाे भलाकुसारी।

           याे पेशामा नैतिकता बिस्तारै हराउँदै छ, अाफै  TOR बनाउने  सेटिङ्ग गर्ने अाफै काम लिने अनी नितिगत कमिसन खाने प्रवृत्तीले याे दलाली पेशा जस्ताे हुँदै छ।”

१. तपाइलाइ कुन कुराले म याे व्यवसायमा लाग्नुपर्छ वा याे व्यवसायकाे नेपालमा सम्भावना छ भन्ने लाग्याे ?

२०३५ सालमा जब म तत्कालिन साेभियत संघकाे युक्रेन अडिसाबाट इन्जिनियरिङमा मास्टर्स विथ अनर्स गरेर अाएँ तब सडक विभागमा मैले जागिर खाएँ। त्यहाँ पनी म एक मात्र इन्जिनियर थिएँ र मलाइ डिजाइन सेक्सनमा रिडि तम्घास तानसेन सडक खण्डकाे लागी खटाइएकाे थियाे। उत्त सेक्सनमा सबै सिनियरहरू भेला भएर छलफल गर्ने ठाउँ रहेछ। त्यहाँ गफैगफमा अब यसरी काम गरेर पैसा पनी कमाइन्न केही प्रगती हुन्न, पावर र पहँुच चाहिन्छ भन्ने खालकाे कुरा सुनियाे। त्यसैले मैले एकजना सिनियरलाइ प्रश्न गरेँ के हाे त कुरा भनेर। उहाँले पनी स्वभाविक रूपमै भन्नुभयाे यस्तै हाे नेपालमा अब यहीँ हाे बस्नी त्यै ४७५ रूपैया तलब खाने अन्यत्र केही सम्भावना छैन। याे कुरा सुनेर मलाइ एकदमै खिन्न लाग्याे। यत्राे दुख गरेर पढेँ, यस्ताे दुख गरेर जागीर खाएँ अब क्यारियर बनाउन नातावाद कृपावाद नै चाहिने भन्ने भएपछी मैले त्यहाँबाट ३ महिनामै राजिनामा बुझाएँ। संयाेगबस म पुनः एकजना सिनियर सर्भेयरज्युले खाेल्नु भएकाे विश्वकर्मा कन्सर्नमा जागिरे भएँ। महाकाली सडक खण्डकाे माटाे परिक्षण, डिजाइन लगायतकाे काम मलाइ मेराे दाइ पर्ने चिरन्जिवि कार्कीले दिनुभयाे। त्यसबेला नेपालमै याे क्षत्रमा जियाेटेक्नीकल इन्जिनियर कृष्ण बहादुर रानामगर भन्ने एक जना मात्र विज्ञ हुनुहुन्थ्याे।  ठुलाे दुख र कष्टले मैले अाफ्नै लगानीमा मध्य घाममा काम सम्पन्न गरेँ। तर पनी उहाँले बल्ल १० प्रतिशत काम सक्याे अब ९० प्रतिशत त काम बाँकी नै छ भनेर एकदमै पेलेर भन्नु भयाे। उहाँले निकै हेपाहा प्रवृत्ती देखाउनु भएकाे र सबैकुरामा पेलान गर्नुभरएकाेले नै मैले अब अाफ्नै काम गर्नुपर्छ भनेर अठाेट गरेँ। म अाफै अर्काकाे काम गरेर प्रगती नहुने बुझेर  जागीरबाट राजीनामा गरेकाे मान्छे थिएँ। त्यही दाैरान मैले सिल्ट कन्सल्ट्यान्ट दर्ता गरेँ।

२. त्यस बेला याे क्षत्रकाे सम्भावना के थियाे? कसरी परिवर्तन भयाे र अहिले के अवस्था छ ?

त्यती बेला २०३५ सालमा त केही सम्भावना नै थिएन नी। केही सिमित इस्ट कन्सल्ट, नेपाल कन्सल्ट, सिम्याट यही दुइ तिन वटा मात्र त थिए नी परामर्शदाताहरू तर उहाँहरू सरकारी जागरे पनी कन्सल्टेन्सी पनि चलाइरहनुभएकाे थियाे। सन् १९९० स्काफ (SCAEF- Society of Consulting Architectural and Engineering Firms, Nepal) दर्ता नगरून्जेलसम्म त राज्यले यसलाइ चिनेकाे पनी थिएन। त्यसबेला त अन्तराष्ट्रिय फर्महरूकाे अधिपत्य थियाे।  फर्महरूकाे साझा संगठन दर्ता पश्चात सरकारले नेपाली फर्महरूलाइ पनी काम दिन थाल्याे र बिस्तारै प्रतिस्पर्धा हुँदै गयाे र अली सहज पनी हुँदै गयाे। सन् २००४ मा अाएर मात्र स्काफकाे मैले नेतृत्व गर्दा भाैतिक पुर्वाधार मन्त्रालयकाे लाइन एजेन्सी भनेर दर्ता गराइयाे। अन्तराष्ट्रिय संस्था विश्व बैँक, ए.डि.बि, यु.एन.डि.पि लगायत संस्थाहरूमा हाम्राे बलियाे उपस्थिति रहन गयाे। परामर्श सेवा विकास एेनकाे लागी पनी हामीले निकै प्रयास गर्याैँ। पाेलिसि डकुमेन्ट बनाएर हामीले सरकारलाइ अन्तराष्ट्रिय संघ संस्थाहरू सबैलाइ पठायाैँ । एडिबिले हामीलाइ टेक्निकल एसिस्टेन्स दियाे र ड्राफ्ट पनी तयार भयाे। उत्त ड्राफ्टलाइ हामीले सन् २०१० मा कानुन तथा न्याय मन्त्रालयमा बुझायाैँ तर त्याे कता गयाे के भयाे कसैले फलाेअप गरेकै छैन। याे पेशामा नैतिकता बिस्तारै हराउँदै छ, अाफै  TOR बनाउने  सेटिङ्ग गर्ने अाफै काम लिने अनी नितिगत कमिसन खाने प्रवृत्तीले याे दलाली पेशा जस्ताे हुँदै छ। यसमा स्काफले खासै भुमिका खेल्न सकिरहेकाे छैन। फेरी अरू समस्याहरू भनेकाे याे पेसामा एड्भान्स पेमेन्ट पाइँदैन, सार्वजनिक खरिद एेन पनी स्वभाविक छैन, मनलाग्दी कार्यनितिहरू बनाउने छन्, क्वालिटी जिराे छ, अाफै सेटिङ गरेपछी कस्ले हेर्ने गुणस्तर, प्राेफेसनालिज्म पाेलेर खाइसके धेरै कहालीलाग्दाे अवस्था छ तपाइले नी देखिरहनु भएकै छ नी – हैनर ? इमान्दार भएर काम गर्नेहरूकाे त खैरियत नै छैन टिक्नै नसक्ने अवस्था छ। यसमा सबै सम्बन्धित सरकारी निकाय, कन्सलटेन्सी, अन्तराष्ट्रिय संस्थाहरूमा समस्या छ। लापरवाही सबैले गर्ने र अन्तमा कन्सल्टेन्सीकाे टाउकाेमा सबै थाेपरेर इस्केप गाेट यानकी बलिकाे बाेका बनाउने परिपाटी छ। तर यसरी त सधैँ टिक्नेवाला पनी छैन। याे पेसा भनेकाे त उच्च शिक्षा हासिल गरेकाहरूले गर्ने उच्च पेसा हाे। पैसा कमाउने भएत जे बेचे पनी भयाे जे व्यवसाय गरे पनी त भयाे। याे त व्यवसाय भन्दा पनी शुद्द सेवा मात्र हाे। तर याे सेवाका सम्भावना फेरी अत्याधिक छ। हालै फास्ट ट्य्राककाे परामर्श शुल्क मात्र साँढे २ अर्ब जती छ। संघियतामा मुलुक जाने बित्तिकै अहिले हरेक स्थानिय निकायमा यसकाे अावश्यकता छ, प्रदेश सरकारमा, संघिय सरकार र अन्तराष्ट्रिय संस्थाहरूमा यसकाे काममा व्यापक वृद्दी भएकाे छ।अाज जती पनी विकास निर्माणहरूकाे काम भइरहेकाे छ सबै हचुवाकाे भरमा भइरहेकाे छ। अब यसलाइ प्लान गरेर त लान पर्याे नी बिकास हुन त, साेचाइमै परिवर्तन अाउन पर्याे नी, अबकाे २५ वर्षमा अबकाे ५० वर्षमा कहाँ पुग्ने कार्ययाेजना त बनाउन पर्याे नी। बिकासकाे नाममा अरबाै अरब गइरहेकाे छ तर कहीँ त्यसकाे सदुपयाेग भएकै छैन। राष्ट्रिय गाैरबका अायाेजना हेर्नुस् हामी के अवस्थामा छाैँ, केही भएकै छैन। अबकाे समय भनेकाे त ठुला ठुला अायेजनाहरू तयार पार्ने र देशकाे अर्थतन्त्र देशकाे ढुकुटी मजबुद बनाउने बेला हाे नी कती मागेर मात्र चलाउने। त्यसैले सम्भावना छ तर नितिगत कुराहरूमा धेरै नै सुधार हुन जरूरी छ। 

३. याे पेसामा ३ वटा चुनाैतीहरू के के हुन् त ?

पहिलाे त सबै भन्दा ठुलाे चुनाैती अहिलेकाे विसंगती नै हाे। सिमित दुइ तिनवटा फर्महरूले मात्र माेज मस्ती गरिरहेका छन्। यसलाइ ताेड्नु पर्छ।

दाेस्राे तपाइ हेर्नुस् प्राय स्थानिय निकायहरूमा र जहाँ पनी मिलेमताेमा काम लिने लथालिङ्ग पारिदिने र नितिगत भ्रष्टचार गर्ने प्रचलन जुन चलिरहेकाे छ त्यसले याे पेसालाइ नै तहस नहस र अमर्यादित पार्दै छ।

तेस्राे, जुनै पनी बिकास निर्माणकाे काम गर्दा याे पेसा नै पहीलाे पाइला हाे। तर यसलाइ कसैले बुझ्नै चाहन्न र महत्वनै दिँदैन। अाफुखुसी अस्वस्थ प्रतिस्पर्धा भइरहेकाे छ। यसलाइ नियमन गर्ने कुनै कानुनै छैन।

 

४. कन्सल्टेन्सी खाेलेर सेवा गर्न चाहने नयाँ युवा इन्जिनियरहरूलाइ के भन्न चाहनु हुन्छ ?

अहिले त कस्ताे अवस्था भयाे भने च्याउ सरी कम्पनीहरू अाए। मेराे मामा मन्त्री, मेराे काका सचिव, मेराे अाफन्त मेयर भनेर नाङ्लाे पसल जसरी कन्सल्टेन्सीहरू अाइरहेका छन्। दर्घकालिन यसमै म लागी पर्छु भन्ने हाेइन कि झ्याप्प माैकामा चाैका हान्ने खालकाे कम्पनीहरू अाए। यसकाे मर्म, भावना, नैतिकता र अावश्यकता बुझ्नेहरू नै भएनन्। अाजकाल कसैले के गर्नुहुन्छ भनेर साेध्दा कन्सलटेन्सी चलाउँछु भन्याे भनेपनी अाेहाे क्या मज्जा रैछ त काेटेसनमा काम लियाे घाराक घुरूक पार्याे दराे कमायाे है भन्छन्। त्यसैले यसरी चल्दैन क्या, अब मुल्य मान्यता र प्राेफसनालिजम मान्छु भनेर अाए त राम्राे हाे तर यसरी १००० भन्दा माथी १२०० जती कम्पनीहरू अाइसके याे ठिक हाेइन। अब अमेरिका जस्ताे देश जहाँ जम्मा ५० देखी ६० भन्दा कम्पनीहरू छैन, जसले विश्व भरिकाे कामहरू गरिरहेकाे छ भने हाम्राे देशमा हजार भन्दा भाथी कम्पनी किन चाहियाे। अहिले त काम, दाम, काम दाम मात्र भाे अरू कुरा सबै बिर्सियाे। त्यसैले माैकामा चाैका भन्दा पनी इमान्दार साथीहरू अाउँछु भन्नुहुन्छ भने अाउनुस्, निरासै हुन पर्ने त छैन तर राज्य, डाेनर संस्था, स्काफ सबैले अाफ्नाे कमी कमजाेरी सच्याउन पर्छ। नयाँ पिडिले के बुझ्नुस् भने नेपालमा बिकासकाे काम त कती हाे कती बाँकी छ त्यसैले सम्भावना नै सम्भावना छ।

५. सिल्टकाे सफलताकाे फर्मुला के हाे ?

याे मर्यादित पेसा हाे, मासुमा बाेसाे बडी हालेर बेच्ने पेसा हाेइन। त्यसैले मिहिनेत, सेवाग्राहीकाे मुलमर्मकाे बुझाइ, गुणस्तरिय काम, सन्तुलित सम्बन्धनै हाम्राे सफलताकाे मुल मन्त्र हाे। यही इमान्दिरताले हामीलाइ समस्यामा पारिरहेकाे छ तर पनी हामी विचलित नभइ अगाडी बड्दै नै छाैँ र अझ अगाडी जानु नै छ।

६. ६८ वर्षकाे उमेरमा पनी व्यवसायिक, सामाजिक र पारिवारिक रूपमा यती सक्रिय कसरी ?

याे समाजमा वर्गिय विभेद एकदमै भयावह छ। जम्मा ३ प्रतिशतले बाँकि सबै जनसंख्याकाे भन्दा बढी सम्पत्ती माथी अाफ्नाे अधिपत्य जमाएका छन्। अाज बिल गेट्स भन्दा वफेट, वफेट भन्दा जेफ वेजाेज धनी भन्दै पैसाकै लागी मान्छे दाैडिरहेका छन्। ग्लाेवल वार्मिङले अाज विश्व अाक्रान्त छ। याे जुन काेराेना अायाे नी हाे यसले मानव जातीलाइ सवक सिकाइरहेकाे छ। अब मेराे कुरा गराैँ, मानव धर्म भनेकाे ढुङ्गाकाे पुजा मात्र हाेइन गरिबले, भाेकमरीकाे मारमा परेकाले खान पाउन पर्छ भन्ने मेराे मान्यता हाे। सेवा नै धर्म हाे, भगवानले बनाएकै त्यही भएर हाे। अब तपाइ साेच्नुस् एकदिम गम्भिर भएर मेराे दायित्व खाने कमाउने मात्र हाे कि मानव सेवा पनी गर्ने हाे। धुलिखेललाइ हामीले पर्यटकिय नगरीकाे रूपमा विकास गर्नुपर्छ भनेर गाैतम बुद्दकाे स्तुपा, बसपार्ककाे कुरा, हजार सिँडिकाे सबै मेराे डिजाइन र सहयाेग हाे। यसले गर्दा त्यहाँ धेरैकाे अाम्दानीकाे स्राेत पर्यटन बनेकाे छ, परिवार चलाइरहेका छन्। हाे त्यही हाे मेराे साेच प्रत्यक मानिसलाइ हामीले सम्भावनाहरू देखाउनु पर्छ र समानतामा विश्वास गर्नुपर्छ। हामीले संसारै बदल्ने हैन की सकेकाे गर्ने हाे। अब हामी मध्यम वर्गिय एक दिनदुखीलाइ एकजनाले  मात्र हेर्ने हाे भने धेरै परिवर्तन हुन्छ। त्यसैले समाजकाे बारेमा साेच्ने बित्तिकै तपाइ समय मिलाउन थाल्नुहुन्छ र साेही अनुसार अगाडी बड्नुहुन्छ। अाफ्नाे अावश्यकता पुरा हुन पर्याे र त्याे भन्दा बढी खरबाैँ कमाएर के गर्नुहुन्छ तपाइ मरेर लान पाउनुहुन्न। त्यसैले अली अली समाजमा सेवा अनिवार्य गर्ने साेच राख्नुस् त्यही हाे मेराे साेचाइ र गराइपनी।

Please follow and like us:

Leave a Comment

Your email address will not be published. Required fields are marked *